९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हार स्वीकारेर घर फर्किए, पछि ३ भोटले जितेपछि…



२ जेठ ०७९, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ अन्तिम मत परिणामले स्वयं वडाध्यक्षका उम्मेदवार नै चकित परेका छन्।

मत गन्दागन्दै हार स्वीकार गरेर घर फर्किएका जनता समाजवादी पार्टी (जसपा)का वडाध्यक्ष उम्मेदवार दानसिंह जोगी पछि ३ मतले विजयी भएपछि आफैँ चकित परेका हुन्।

यो वडामा वडाध्यक्ष पदमा जसपा र कांग्रेस उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा भएको थियो। जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए। तर, पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल फर्किए।

कांग्रेसका उम्मेदवार राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६६९ मत पाउँदा जोगीले ६७२ मत पाएका छन्।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।