२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुतलीको प्रतिनिधि बस्न ललितपुर आए बालेन



४ जेठ ०७९, ललितपुर । ललितपुर महानगर १० नम्बर वडाबाट स्वतन्त्ररूपमा वडा अध्यक्षका उम्मेदवार बनेका नरसिंह व्यञ्जनकारको गणना प्रतिनिधि बस्न काठमाडौं महानगरमा मेयरमा अग्रता लिइरहेका बालेन्द्र साह ललितपुर पुगेका छन्।

उनी आज बिहानैबाट ललितपुर महानगरपालिकाको मतगणनास्थल सेवाकालीन प्रशिक्षण भवन जावलाखेलमा छन् । उनले भर्खरै मतगणना प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र बनाएका गणनास्थल प्रवेश गरेका छन् ।

व्यञ्जनकार १० नम्बर वडाको अध्यक्षमा पुतली चिन्ह लिएर प्रतिस्पर्धामा छन् । मतगणना जारी रहँदा उनीसँग नेपाली कांग्रेसका रविन व्यञ्जनकारको प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।