१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको विशंखुमा चोरी गर्ने ५ जना पक्राउ



स्केज: कोपिला दुलालललितपुर खबर

६ जेठ ०७८, ललितपुर । गोदावरी नगरपालिका २ गोदावरी विशंखु पात्लेछापस्थित कविता सिलवालको घरबाट नगद १ लाख १२ हजार ६ सय ७० रुपैयाँ, ३ थान मोबाइल र ३ थान किप्याड गरी करिब १ लाख ४६ हजार ६ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय सुनिल खड्गी लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्र्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताल्चा फोडी दराजभित्र रहेको उक्त धनमाल चोरी गरी लगेको सूचनापछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट चोरीका सामान सहित फेला पारी पक्राउ गरेको हो ।
चोरीमा प्रयोग गरेको बा.४ ख १८५३ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।
यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।