
६ जेठ ०७९, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतकी श्रीमती जलेखा खातुन पराजित भएकी छन् । जसपाबाट खातुन पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा चुनाव लडेकी थिइन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी बविता सिंह ५,५३१ मत ल्याएर विजयी भएकी छन् । ३,१२३ मत ल्याएकी खातुन निकटम प्रतिस्पर्धी समेत बन्न सकिनन् । विजयी सिंहको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिरादेवी कुर्मी ३,३४५ मत पाएकी छन् ।
खातुन निकटम प्रतिस्पर्धामा समेत नआएपछि जसपमा खैलाबैला मचिएको छ । गाउँ पालिका अध्यक्षमा समेत त्यहाँ जसपाका उम्मेदवार कृष्ण मोहन प्रसाद यादव पराजित भएका हुन् । अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त यादव ५,७४९ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मो। सलिम मंसुर ३,९२६ मत ल्याएका छन् । जसपाका यादव मात्र ३,४४७ मतमा समेटिएका छन् ।







प्रतिक्रिया