२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरमा एमालेका मेयर उपमेयर अगाडि




६ जेठ ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको मतगणनाको क्रममा नेकपा एमालेका मेयर उपमेयरका उम्मेदवार अघि देखिएका छन् ।
अहिलेसम्म मेयरका उम्मेदवार नेकपा एमालेका हरिगोबिन्द श्रेष्ठले कुल ७ हजार ७ सय १७ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रति प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रका शिव कट्टेलले ४ हजार ६० मतका साथ दोस्रो स्थानमा छन् ।
एमालेका मेयर श्रेष्ठ ३ हजार ६ सय ५७ मतले अगाडि छन् ।
यसैगरी नेकपा एमालेका उपमेयर बिनु सुबेदी केसीले ७ हजार ९ सय ६ मत प्राप्त गरी १ हजार ६ सय २१ मतको अन्तरले अग्रता लिइरहेकी छिन् ।
उनकी निकटतम प्रतिश्पर्धी नेपाली काङ्ग्रेसकी लक्ष्मी महर्जनले ६ हजार ८ सय १७ मत प्राप्त गरेकी छिन् ।
निर्वाचन आयोगका अनुसार ललितपुरको महालक्ष्मी १मा छिरिङ लामा २ मा ध्रुव खत्री  ८मा विश्वराज श्रेष्ठ र १० मा विजय लामासहित नेकपा एमालेको पुरै प्यानल नै बिजयी भएको छ ।
नेपाली काँग्रेसको महालक्ष्मी ५मा कपिल केसी,७ मा वावुराजा महर्जन,९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी भएका छन् ।
महालक्ष्मीका वडा नं ६ र ७ नं. गणना सुरु भएको छैन ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : ०५ बजे