१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँ महानगर ३१ वडाध्यक्षमा एमालेका ढकाल निर्वाचित




७ जेठ ०७९, काठमाडौँ । काठमाडौँ महानगरपालिका ३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७ सय ७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन् । ढकालले ४ हजार ७ सय ६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित भएका छन् । महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारेकी छिन् । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छिन् ।
हाल महानगरको वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ । महानगरमा अहिले झण्डै आधा मत ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : १५ बजे