८ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष र वडासदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिमलकुमार होडा २ हजार ८६७ मत ल्याएर निर्वाचित भए। उनले नेकपा एमालेका कृष्णमणी भट्राईलाई पराजित गरे। भट्टराईले २ हजार ८१६ मत प्राप्त गरे। यो वडामा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पनि नेपाली कांग्रेस नै विजयी भएको छ।
२०७४ को स्थानीय तहको निर्वाचन र त्यसअघिका निर्वाचनमा यो वडामा नेकपा एमालेले जित हासिल गरेको थियो।
प्रतिक्रिया