६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर अपडेटः २२ हजार ३५ मत गन्न बाँकी हुँदा चिरीबाबुको अग्रता कायमै



८ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जनकाे अग्रता कायमै छ ।

अहिलेसम्म ६३ हजार आठ सय २६ मतगणना हुँदा महर्जनलेले ३२ हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार आठ सय ८६ मतसहित पछ्याइरहेका छन् । महर्जन व्यञ्जनकार भन्दा १३ हजार चार सय ९२ मतले अघि छन् ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्यले अग्रता बनाइरहेकी छन् । उनले अहिलेसम्म १८ हजार तीन सय नाै मत ल्याएकी छन् । उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १३ हजार चार सय ७२ मतसहित पछ्याइहेका छन् ।

अब ललितपुर महानगरपालिकामा २२ हजार ३५ मत गन्न गर्न बाँकी छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।