६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरको १६ नम्बर वडामा काँग्रेसका निर्मलरत्न शाक्यसहित प्यानल नै विजयी




ललितपुर खबर
९ जेठ ०७९, ललितपुर । ललितपुर महानगर १६ (मंगलबजारक्षेत्र)को वडाध्यक्षमा निर्मलरत्न शाक्यसहित प्यानल नै विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरका अनुसार आइतबार सम्पन्न भएको मतगणनाको नतिजा अनुसार शाक्य विजयी भए । उनले २ हजार ३ सउ ७३ मत ल्याए भने उनका निकटम प्रतिश्पर्धी नेकपा एमालेकी सुप्रभा शाक्यले १ हजार ६ सय ३८ मत पाइन् ।
राप्रपाका प्रतिश्पर्धी श्रामनेर कोण्डण्यले ६ सय ३४ र नेकपा माओवादीका राजेन्द्रशाक्यले ४ सय २१ मत पाए ।
वडाध्यक्ष शाक्यसँगै वडा सदस्यहरुमा पञ्चरत्न महर्जन र मदन महर्जन, बबिता श्रेष्ठ विजयी भए ।
उनी २०७४ सालमा पनि वडाध्यक्षमा विजयी भएका थिए ।
विजेता घोषणा भएलगत्तै शाक्यले सामाजिक सञ्जालमार्फत मातदाता र शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।