९ जेठ ०७९, ललितपुर । ललितपुर गाँउपालिकाका नवनियुक्त अध्यक्ष कृष्णमान लामा र उपाध्यक्ष राजनप्रसाद घिमिरेले पदभार ग्रहण गरेका छन् । सोमबारविहान गाँउपालिकामा पदभार ग्रहणसँगै सपथ समेत गराइएको छ ।
कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष लामाले आफू गाँउपालिकामा मिलेर का मगर्न चाहेको बताए । उनले भने,‘सबैको प्रतिनिधित्व हुने गरि हामी निर्वार्चित भएका छौं । यहाँका समस्याका बारेमा हामी परिचित छौं । अरु ठाँउमा के होला थाहा भएन यहाँ चाही काम गर्न सहज हुन्छ ।’
उधाध्यक्ष राजनप्रसाद घिमिरेले गठबन्धनको साथ लिएर निर्वाचित भएकाले आफू नेपाली काँग्रेस र माओवादी केन्द्रप्रति पनि जिम्मेवार रहेको बताए । उनले भने,‘गाँउपालिकाका अध्यक्ष कृष्णमान लामा आफ्नो गुरुपनि भएकोले काम गर्न सहज हुने विश्वास छ ।’
उनले एकबद्ध भएर काम गर्दै गर्दा पार्टीको र गठबन्धनको कुरा सुन्न आवश्यक पर्ने भए पनि कोञ्ज्योसोमलाई अघि बढ्ने बताए । असल काम गर्नेलाई पुरस्कृत गर्ने र गलत काम भए विधिले नै नछोड्ने बताए ।
अध्यक्ष लामाले गाँउपालिकामा असाह्य, सुत्केरी र बृद्धबृद्धालाई निशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा निर्वमान उपाध्यक्ष मिङ्मा लामा सहभागी थिइन् भने निर्वामान अध्यक्ष गोपिलाल सिंतान सहभागी भएका थिएनन् ।
प्रतिक्रिया