९ जेठ ०७९, ललितपुर । ललितपुर ज़िल्लाको गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका मेयरले सपथ ग्रहण गरेका छन्।
सोमवार अपरान्ह ४ बजे ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा गोदावरी महानगरका नव निर्वाचित मेयर गजेन्द्र महर्जन र महालक्ष्मीका हरीगोविन्द श्रेष्ठले सपथ ग्रहण गरेका हुन्।
सपथ ग्रहण ललितपुर ज़िल्ला अदालतका मुख्य न्यायाधीश किरण कुमार सिवाकोटी ले गराएका हुन। सपथ ग्रहण कार्यक्रमना ललितपुरका प्रमुख ज़िल्ला अधिकारी घनश्याम उपाध्याय उपस्थित भएका थिए।
कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटिले नवनिर्वाचित मेयरलाईं। बधाई दिदै जनताको आसा अपेक्षा अनुसार काम गर्न अनुरोध गरे।
त्यस्तै महालक्ष्मी नगरपालिकामा उपमेयर कांग्रेसकी लक्ष्मी महर्जनले ९५९१ मत ल्याएकी छन। उनकी प्रतिस्पर्धी एमालेकी वीना सूबेदीले ८६८३ मत ल्याएकी छन्।
१४ वडा रहेको गोदावरी नगरपालिकामा वार्ड नम्बर १,२,४,५,, ६,७,९,१०,११,१२ र१४ मा कांग्रेसले जीत हासिल गरेको छ भने वार्ड नम्बर ३-८ माओवादी र एमालेले एक मात्रै वडा १३ जीतेको छ।
त्यस्तै महालक्ष्मी नगरपालिकामा १,२,३,४,८,१० वार्डमा एमालेले जीत हात पारेको छ भने ५,७ ९ मा कांग्रेस र वार्ड न-६ माओबादी केन्द्रले जितेको छ।
प्रतिक्रिया