१० जेठ ०७९, काठमाडौं । काठमाडौं चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ । विद्यार्थीले कलेज परिसरमै प्रदर्शन गरेपछि आरोपी शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको हो।
अधिकारीले कक्षा ११ का छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए। आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरेका थिए।
आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।
अहिले शिक्षकविरुद्ध किटानी जाहेरी दिइएको छ । आरोपी शिक्षकविरुद्ध चार जनाले किटानी जाहेरी दिएका छन्।
१० जेष्ठ २०७९, मंगलबार
0
Shares
प्रतिक्रिया