१५ कार्तिक २०८१, बिहिबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार हुने



१० जेठ ०७९, काठमाडौं । आगामी वर्षदेखि काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन थालिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/२०८०को नीति तथा कार्यक्रममा मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणको लागि निकायगत समन्वय गर्ने घोषणा भएको छ ।

पानीको सतह तथा भूमिगत स्रोत संरक्षण गर्दै जनतालाई खानेपानीको आपूर्तिको दिगो व्यवस्था मिलाउने नीति लिने सरकारी योजना छ ।

काठमाडौं उपत्यकाभित्रका जलाधार संरक्षण गर्दै खानेपानी आपूर्ति सुनिश्चित गर्न थप स्रोतको अध्ययन गरिने भएको छ । महादेव खोलामा बहुउद्देश्यीय खानेपानी आयोजनाको निर्माण कार्य प्रारम्भ गर्ने योजना छ ।

प्रत्येक स्थानीय तहमा प्रशोधित ढलसहितको फोहर पानी व्यवस्थापन गर्ने सुविधा पुर्‍याउने नीति सरकारको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ३७ बजे