१० जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले नगरबासीको भलाइको निमित्त, नगरको विकासको निमित्त आफुहरु आएको बताएका छन् ।
मंगलबार मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो कार्यकालभन्दा बढी काम गरी देखाउने बताएका हुन्।
यसअघिको अनुभवलाई साँचेर काम गर्ने उनले प्रतिक्रिया दिए। ‘हामी नगरबासीको भलाइको निमित्त, नगरको विकासको निमित्त आयौं। तसर्थ हामी यसमा कुनै पनि किसिमको भेदभाव नगरीकन काम गरी देखाउँछौं। गएको कार्यकालमा पनि विभिन्न किसिमका राजनीतिक दलका प्रतिनिधिहरू थिए ।’
महर्जनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्।
यस्तै उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।
प्रतिक्रिया