२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘मुख्य प्राथमिकतामा विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने’




११ जेठ ०७९, ललितपुुर । ललितपुर नगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आफ्नो प्राथमिकतामा मुख्य विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने बताएकी छिन् । आफूले उपप्रमुखका रुपमा जेजे जिम्मेवारी छ नीति र विधिमा बसेर पारदर्शी रुपमा काम गर्ने उनको प्रतिबद्धता छ ।
ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एक रुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगरका मेयर रूपमा निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै प्रमुख महर्जनले अहिलेको महानगरमा हिजोको उपमहानगरपालिका, कार्यविनायक नगरपालिका र गाविस गाभिएर बनेका वडा विकासमा केही पछि रहेको उल्लेख गरे । सबै वडामा सामञ्जस्यता ल्याउन थपिएका वडामा बढी बजेट विनियोजन गर्ने योजना रहेको उनले बताए । वडास्तरीय बजेट र विभिन्न तहबाट जाने अनुदान रकम साबिक गाविसभन्दा बढी विनियोजन हुने उनले बताए।
मेयरका रुपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्वपूर्ण निर्णय गरेका छन् । वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उनले बताए । उनका अनुसार विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको हो । अहिलेसम्म चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय भएको प्रमुख महर्जनले बताए । तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उनले बताए । राजश्व सङ्कलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ५० बजे