२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको फाहोर फ्याक्न निर्माण भएको बञ्चरेडाँडा ल्याण्डफिलमा समस्यै समस्या



फाइल तस्बिर

१२ जेठ ०७९, काठमाडौं । काठमाडौको फाहोर फ्याक्न निर्माण गरिएको बञ्चरेडाँडा ल्याण्डफिलमा समस्यै समस्या देखिएको छ ।
शह्ी विकाश मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा समस्यै समस्या रहेको सरोकारवालाहरुले गुनासो गरेका हुन् ।
छलफलमा धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए । नुवाकोटका सांसद हितबहादुर तामाङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए । उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताए ।
धादिङको धुनीबेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको र यसका व्यावहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । उनले साइटमा फालेको फोहर उचितरूपमा व्यवस्थापन गर्नुपर्ने बताए ।
नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताए । शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वअन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्नेसमेत बताए ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन् ।
मन्त्री झाँक्रीले भनिन्, “बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौँ । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौँको फोहर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ । स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन ।”
छलफलमा मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, ककनी गाउँपालिका र धुनीबेंशी नगरपालिकाका जनप्रतिनिधि, बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट क्षेत्रका आयोजना प्रभावित क्षेत्रका स्थानीयलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ६ : १९ बजे