२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको जावलाखेलमा जेठ २१ गते मच्छिन्द्रनाथको भोटो देखाइने




१२ जेठ ०७९, ललितपुर । ललितपुरको जावलाखेलमा जेठ २१ गते शनिबार मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ ।
आज पाटनस्थित मंगल टोलको मणिमण्डप पाटीमा साइत हेरेपछि किर्तिकिरण जोशीले जेठ २१ गते मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।
उनका अनुसार आउँदो ज्येष्ठ १८ गते बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पु¥याइने साइत रहेको छ । जावलाखेल पु¥याएको ४ दिनपछि भोटो देखाइन्छ ।
हरेक वर्ष यस पाटीमा बसेर जोशीहरुले साइत हेर्ने चलन छ ।
जेष्ठ २१ गते शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो जात्रा देखाइनेछ ।
भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । ६ महिना यस मन्दिरमा राखेपछि । ५ महिना पाटनको मच्छिन््रवहालस्थित मन्दिरमा सारिन्छ ।
हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पु¥याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अव २०८४ सालमा मनाइन्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।