१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको जावलाखेलमा जेठ २१ गते मच्छिन्द्रनाथको भोटो देखाइने




१२ जेठ ०७९, ललितपुर । ललितपुरको जावलाखेलमा जेठ २१ गते शनिबार मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ ।
आज पाटनस्थित मंगल टोलको मणिमण्डप पाटीमा साइत हेरेपछि किर्तिकिरण जोशीले जेठ २१ गते मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।
उनका अनुसार आउँदो ज्येष्ठ १८ गते बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पु¥याइने साइत रहेको छ । जावलाखेल पु¥याएको ४ दिनपछि भोटो देखाइन्छ ।
हरेक वर्ष यस पाटीमा बसेर जोशीहरुले साइत हेर्ने चलन छ ।
जेष्ठ २१ गते शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो जात्रा देखाइनेछ ।
भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । ६ महिना यस मन्दिरमा राखेपछि । ५ महिना पाटनको मच्छिन््रवहालस्थित मन्दिरमा सारिन्छ ।
हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पु¥याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अव २०८४ सालमा मनाइन्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।