१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मेयरमा बालेन्द्र र उपमेयरमा सुनिता




१२ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् । भने उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६ सय १२ मत पाएकी छन् ।
इन्जिनियर तथा गायक समेत रहेका स्वतन्त्र उम्मेदवार बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएका छन् । त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन् । एमालेका उम्मेदावर केशव स्थापितले ३८ हजार १ सय १७ मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत पाए ।
उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १० : ५९ बजे