२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनको सिक्री चोरेको आरोपमा माछापोखरीबाट दुई जना पक्राउ



१३ जेठ ०७९,काठमाडौँ ।  काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्‍वर नगरपालिका ६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका १० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।