२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर सूर्यविनायकका सात हजार धारामा झ¥यो मेलाम्चीको पानी



फाइल तस्विर

१४ जेठ ०७९, भक्तपुर । मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर नगरपालिका भित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।
खानेपानीकोे पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौँ खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिएका छन् ।
भक्तपुर नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र आज गरी सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने उनले जानकारी दिए । बीस लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ ट्याङ्की गरी ८० लाख लिटरको क्षमताको दुईवटा ट्याङ्कीमध्ये २० लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको निमित्त प्रमुख ऐरले जानकारी दिए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।