२० जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । महानगरभित्रका पूर्वाधार विकास, ढल मर्मत, बजार अनुगमन, शिक्षा स्वास्थ्यलगायत समस्या र महानगरबासीका अन्य गुनासो सुन्न सोमबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।
महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको थियो ।
कल सेन्टरमा आएका गुनासो महानगरका ५० युनिटहरुमा पठाउन सकिने महानगरले जनाएको छ ।
प्रतिक्रिया