१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हेटौडामा दुई दुर्घटना, दुई जनाको मृत्यु



फाइल तस्विर

२१ जेठ ०७९, हेटौडा । शुक्रबार हेटौडामा भएको छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ट्याक्टर र बोलेरो दुर्घटनापछि दुवैको चालकहरुको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा ३ को तीनताप्के भन्ने ठाउँमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौंँडा ६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो ।
शुक्रबार नै यसै ठाउँनजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर ८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो ।
हेटौंँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएकोे छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।