२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा पोखरी विश्व वातावरण दिवसको अवसरमा सफाई




२२ जेठ ०७९, भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुरस्थित ख्वप कलेजको वातावरण विज्ञान अध्ययनरत विद्यार्थीले ¥याली निकालेका छन् ।पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताका लागि पृथ्वी बचाऔ, प्रदूषण घटाऔ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौ जस्ता नारा लाउँदै आइतबार ¥याली निकालेका हुन् ।
कलेजबाट सुरु भएको ¥याली देकोचा, याछें टोल, सुकुलढोका, पाँचतले मन्दिर, वंशगोपाल चोक भएर भक्तपुर नगर परिक्रमा गरी दूधपाटीमा रहेको भञ्ज्याङ पोखरीमा पुगेको थियो । सहभागीहरूले पोखरी सरसरफाइ गरेका थिए ।
पोखरीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित अर्काे टोली पनि सरसफाइमा जुटेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका–५ का वडाध्यक्ष योगेन्द्रमान बिझुक्छे र वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वलगायतका व्यक्तिहरू सहभागी भएका थिए ।
भाज्य पोखरी नजिकै रहेर पुनः निर्माण भइसकेको रानीपोखरी र सिद्धपोखरी जस्तै पुनःनिर्माणको पर्खाइमा रहेको उनले बताए । न्युज कारखाना

 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।