१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कालिमाटी बस्ने जयकमल ३७ लाखसहित पक्राउ



२३ जेठ ०७९,  काठमाडौं । हुन्डीको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३०० नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७०० भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।