१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नागढुङ्गाबाट स्रोत नखुलेको करिब चार करोड रुपैयाँसहित ५ जना पक्राउ



२४ जेठ ०७९, काठमाडौँ ।  स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ नगदसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिक छन् । उनीहरुलाई प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटका अनुसार नुवाकोटबाट काठमाडौंका लागि छुटेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा नगद बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।