२५ जेठ ०७९, काठमाडौं । काठमाडौंको डल्लुमा चोरी गरि फरार रहेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका ६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका तयारी गहनाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका ७ घर भएका ३३ वर्षीय बिजय लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ ।
चोरी भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका १५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट १ तोलाको सुनको जस्तो देखिने बेरुवा औठी १ थान, १ तोलाको सुनको जस्तो देखिने रिङ १ जोर, ३० लालको सुनको जस्तो देखिने लकेट १ थान, १ तोलाको पत्थर सहितको चाँदीको जस्तो देखिने औठी १ थान समेत प्रहरीले बरामद गरेको छ ।
उनलाई चोरी गर्न नहुने कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२५ जेष्ठ २०७९, बुधबार
0
Shares
प्रतिक्रिया