१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा गाडीको आधा भाग पानीमा डुबेपछि…



तस्बिरः अनलाइन खबर

२६ जेठ ०७९, ललितपुर । वर्षाका कारण काठमाडौं उपत्यकाका सडक बिहीबार केहि छिन जलमग्न भएको छ । पानीको उचित निकास नहुँदा सडकमा पानी जम्ने र सवारी साधन फस्ने गरेका छन् ।
यस्तै आज बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा टाटा पिकअप भ्यान फसेको छ । गाडी पानीमा आधा डुबेको देखिन्छ । को २ च २२०९ नम्बरको उक्त गाडी झापाबाट कुरियरका सामान बोकेर आएको थियो ।

यहाँ पानीको उचित निकासको व्यवस्था नभएकाले वर्षाको बेला प्राय पानी जम्छ र सो सडक हुँदै हुँदै यात्रा गर्नेहरुले यसैगरी दुःख पाउँदै आएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।