२६ जेठ ०७९, काठमाडौं । निर्वाचनका दिन वैशाख ३० गते बिहान स्थानीय तह निर्वाचनका दिन नयाँ बानेश्वरको संसद् भवनअगाडि सिलिन्डर बम विष्फोटमा संलग्न चारजना जेल चलान भएका छन्।
चुनावको दिन सबेरै बिहान २ बजे संसद भवनको १ नम्बर गेटनजिकै सिलिन्डर बम विस्फोटमा संलग्न चारजनालाई काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार डिल्ली बजार जेल चलान गरिएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए।
जेल चलान हुनेहरुमा गोरखाको लखन गाउँपालिका वडा नं. ५ घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रे, तेमाल गाउँपालिका वडा नं। ९ घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका ५ टीकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको खोटेहाङ गाउँपालिका वडा नं। ८ घर भएका ३६ वर्षीय बिके सिंह भन्ने भरत कुमार राई रहेका छन्।
जेल परेकामध्ये भरतकुमार राईमाथि यसअघि पनि हातहतियार खरखजाना, बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा सजाय भइसकेको छ।
प्रतिक्रिया