८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्ध लुङता गेस्टहाउसमा जबर्जस्ती करणीको आरोपमा चार जना पक्राउ



३० जेठ ०७९, काठमाडौं । प्रहरीले जबर्जस्ती करणीको कसूरमा संलग्न ४ जना व्यक्तिलाई पक्राउ गरेको छ। यही जेठ २९ गते काठमाडौं महानगरपालिका ६ बौद्धस्थित लुङता गेस्टहाउसको तेस्रो तलामा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची घर भई हाल काठमाडौं महानगर ६ बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही बागमती नगरपालिका ४ घर भई काठमाडौं महानगर ६ बस्ने ३४ वर्षीय उत्तम लामा र होटल सञ्चालक ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा छन्। उनीहरुलाई ५ दिनको म्याद अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पीडित युवतीलाई गेस्टहाउसबाट तत्काल उद्धार गरी प्रसुती गृह थापाथली लगी परीक्षण गरी औषधि उपचारसमेत गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।