५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेमकिपाका अध्यक्ष विजुक्छेँलाई पत्नीशोक, ललितपुर नेपाल क्यान्सर अस्पतालमा निधन



८ असार ०७९, काठमाडौं । नेपाल मजदुर किसान पार्टी नेमकिपा का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ।

पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपराह्नमा निधन भएको हो।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो। सुवेग र सुवान गरी उनका दुई छोरा छन्।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन्।

उनको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।

बिजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।