५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बूढानीलकण्ठमा महिलाको शव, हत्याकाे आशंका



९ असार ०७९, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एकजना महिला मृत फेला परेकी छन्। बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधीन घरमा महिला मृत फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

निर्माणको काम गर्ने ती महिला त्यही नगरपालिका ३ मा बस्दै आएकी ४१ वर्षीया फूलमाया सुनार हुन्। बुधबार निर्माणाधिन घरको भुइँ तलामा मृत अवस्थामा फेला परेको एसपी मैनालीले बताए। उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ। रिपोर्ट आउन बाँकी छ। प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।