१० असार ०७९,काठमाडौँ । काठमाडौँको कमलपोखरीमा पोखरीमा छाडिएका माछाहरू मरेका छन् । काठमाडौँ महानगरमा समयमै पोखरी सफा नहुँदा त्यहाँ छाडिएका माछाहरू मरेका हुन् ।
अर्वौ लगानी गरेर काठमाडौँ महानगरपालिकाले आधुनिक रूपमा पुनर्निर्माण गरे पनि पोखरी पुरै लेउले ढाकेपछि मात्रै महानगरले पोखरी सफा गर्न २ लाख बजेट दिएको छ।
काठमाडौँको कमलपोखरीस्थित नक्सालमा रहेको कमल पोखरी । फाइल तस्बिर
प्छिल्लो समय कमपाखेरीका आगन्तुकले पोखरीमा बोतल, प्लाष्टिकलगायतका फोहोरजन्य बस्तु फ्याक्ने गरेका छन् । पोखरी परिसरमा अनावश्यक व्यक्ति प्रवेश गर्ने र फोहोर गर्ने क्रम बढेपछि शुल्क लगाउनु पर्ने आवाज उठेको छ ।
मङ्गलवारबाट पोखरी सफा गर्ने काम भइरहेको छ । पोखरी सफा गर्ने क्रममा त्यहाँ रहेका माछाहरू मरेको भेटिएका हो ।
प्रतिक्रिया