११ असार ०७९, ललितपुर । ललितपुर महानगरले जनताको गुनासो सुन्न कल सेन्टर चलाउने भएको छ । आर्थिक वर्ष ०७९ ८०को बजेत सार्वजनिक गर्दै कल सेन्टर सञ्चालन गर्ने जानकारी दिएको छ ।
केही समय अघि काठमाडौं महानगरले कल सेन्टर सञ्चालन गर्दै जनताको गुनासो प्रत्यक्ष सुनेर पुर्वाधार एम्बुलेन्स मार्फत तत्काल सडक मर्मत सुरु गरिसकेको छ ।
महानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको हो । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रमपछि बजेट ल्याएका हुन् ।
महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने भएको छ ।
महानगरले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गर्ने भएकोे छ ।
प्रतिक्रिया