८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंसहित देशका विभिन्न जिल्लामा भारी वर्षा



१५ असार ०७९, काठमाडौं । काठमाडौंसहित देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। पछिल्लो ३ घण्टा काठमाडौं, कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही र आसपास धेरै स्थानमा ठूलो वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यी स्थानमा थप वर्षा हुने सम्भावना भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ। तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।