१५ असार ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ सहयोगीनगर डेरा गरी बस्ने अर्घाखाँची मालारानी गाउँपालिका २ घर भएका ३९ वर्षीय दुर्गा बन्जाडेको कोठाबाट करिब ६ लाख ६७ हजार रुपैयाँ बराबरको विभिन्न सुनका गहना सोमबार दिउँसो चोरी भएको छ ।
कोठामा कोही नभएको अवस्थामा अपरिचित ब्यक्तिहरूले कोठाको ताल्चा फुटाई दराजमा रहेको उक्त गहना चोरी भएको थियो । चोरीको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१५ असार २०७९, बुधबार
0
Shares
प्रतिक्रिया