१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौको चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द




१५ असार ०७९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सवस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बुढानिलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सवस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए ।
उनका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्ति सुचारु गर्न टोली परिचालित भएको श्रेष्ठले बताए । न्युज कारखाना

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ३० बजे