१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमै पहिरोका कारण आवागमन प्रभावित



फाइल तस्विर

न्युज कारखाना
१६ असार ०७९ काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका २ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ ।
बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो ।
साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ ।
गएराती १० बजे पछि अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरी चौकी नाङलेभारेले जनाएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।