१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ककनीमा प्रकाशको शालिक, प्रचण्डले गरे अनावरण



१७ असार ०७९, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट ककनीमा स्वर्गीय पुत्र साकार दाहाल प्रकाशको शालिक अनावरण गरेका छन्।
नेपाल पर्वतारोहण संघको पहलमा बनाइएको सगरमाथा आरोही प्रकाशको शालिक अनावरणका क्रममा प्रचण्ड भावुक बने। प्रकाशको २०७४ मंसिर ३ गते लाजिम्पाटस्थित निवासमै निधन भएको थियो।
प्रचण्डले शालिक अनावरणपछि बोल्दै यो काम परिवारको आग्रहमा नभएर पर्वतारोहण संघकै पहलमा बनाइएको पनि उनले बताएका छन्। संघले आवश्यकता ठानेर नै सगरमाथा आरोही प्रकाशको शालिक बनाएको पनि उनले स्पष्टीकरण दिए।

उनले आफूहरु युद्ध प्रक्रियाबाट आएको बताउँदै युद्धमा त्याग र तपस्याको कीर्तिमान राख्न सक्नेले शान्तिका लागि पनि काम गर्न सक्ने बताए।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।