५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बबरमहलमा कार दुर्घटना, तीन जना घाइते




१९ असार ०७९, काठमाडौं । काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।
घाईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।
घाईते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाईते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ ।
आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।