१९ असार ०७९, काठमाडौं । काठमाडौंको बल्खुमा भ्यानले ठक्कर दिँदा छोराको मृत्यु भएको छ । आमा घाइते भएकी छन् । मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
योगिताको भने उपचार भइरहेको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया