१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको पुतलीसडकमा ग्याँस लिकपछि आइतबार राती भिषण आगलागी




२० असार ०७९, काठमाडौं । काठमाडौंको पुतली सडकमा आइतबार राती भिषण आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका २८ पुतलीसडकस्थित रत्न गोविन्द श्रेष्ठको घरमा ग्याँस लिक भई आगलागी भएको छ । प्रहरीका अनुसार उनको घरमा आइतबार बेलुकी आगलागी हुँदा भान्छा कोठा, बैठक कोठा र घर नजिकैको उनकै छोरा जिवन गोविन्द श्रेष्ठको भान्छा कोठा तथा बैठक कोठामा समेत रहेको सामानहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।