२० असार ०७९, काठमाडौं । राजधानीको सानेपा र सूर्यविनायकमा चोरी भएको छ ।
प्रहरीका अनुसार भक्तपुरस्थित सूर्यविनायक नगरपालिका ६ दार्जीलिङ हाईट बस्ने जानुका देवी घिमिरेको घरबाट नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ५ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
प्रहरीका अनुसार उनको घरमा कोही नभएको अवस्थामा ढोकाको ताला फुटाई काठको दराज रहेको उक्त धनमाल चोरी भएको थियो । चोरीको सूचनापछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
ललितपुर महानगरपालिका २ सानेपा सांचल डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका घर भएका ३२ वर्षीय राम बहादुर श्रेष्ठ र महोत्तरी बर्दिबास नगरपालिका ४ कालापानी घर भएका ३२ वर्षीया शर्मीला रायमाझीको कोठाबाट नगद तथा सुनचाँदीका विभिन्न गहना समेत गरी करिब २० लाख ३१ हजार ९ सय रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
उनीहरुको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी अपरिचित ब्यक्तिहरूले कोठाभित्र रहेको उक्त धनमाल चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
२० असार २०७९, सोमबार
0
Shares
प्रतिक्रिया