२१ असार ०७९, काठमाडौं । काठमाडौँ महानगरले सहरी सरसफाइका लागि थप १ सय १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईको भनाइ छ ।
सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ । सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्नुहुन्छ, ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।’
प्रतिक्रिया