१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला कपनबाट पक्राउ



२२ असार ०७९, काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने २७ वर्षकी शोभा पौडेल रहेकी छन् ।

पौडेलले न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको बताइएको छ ।

प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।