
“गर्भमाहुदाँ नारीलाई हुँदो रहेछ हेला
किन सिर निहुराउँछौ छोरी जन्मेको बेला
त्यही समाजले छोरीलाई असुरक्षितपार्ने
आफ्नो छोरी चेलीलाई पनिबलात्कार गरेर मार्ने
पढि लेखी केहीबन्ने थियो सपना
हरेकाकाममाअल्झाईदिए , भएनविपना
बिहेपछि घरैबाट थाल्छन् दुःखदिन
हरेकगाँसमा एउटै प्रश्नदाइजो थोरै किन? भन्छन्”
दक्षिण ललितपुरको गिम्दी स्थित नारायण माविमा यो कविता परिवर्तन किशोर किशोरी समूहकी १४ वर्षिय सदस्य यमुना सिजाली मगरले रेचकी हुन् । कविताको हरफ, जुन नेपाली समाजमा कुरीतिको रुपमा अझै पनि विधमान छ । नारायण मा.विमा आयोजित विधालयको शुक्रबारिय कार्यक्रममा परिवर्तन किशोर किशोरी समूहले नेतृत्व गर्दे,महिलामथि हुने हिँसाको विरुद्धमा विधालयस्तरीय कविता प्रतियोगिता तथा लैङ्गिक हिँसा विरुद्धमा गिति नाटक पनि प्रस्तुत गरेका थिए । जसको लागि सहजिकरण तथाव्यवस्थापन परिवर्तनकालागि सहकार्य नेपालले उक्तविधालयको अतिरिक्तक्रियाकलाप समितिको समन्वयमा गरेको थियो ।
लिङ्ग र लैङ्गिताको आधारमा विभेद तथा हिँसा गर्नु हुँदैन र यो सामजिक तथा कानुनी अपराध हो । यस विरुद्ध सबै मिलिआवाज उठाउनुपर्छ भन्ने सन्देश नाटकले दिएको थियो र यस्ता हिँसाहरुलाई कानुनको दायरामाख ल्याउन र पीडितलाई न्याय दिलाउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग पाउन सकिने भनेर प्रर्दशन गरिएको थिायो ।सबैभन्दा पहिले यसका लागि, आफैले आफ्नो लागि आवाज उठाउनु पर्ने कुरामा विशेष जोड दिँदै उक्त किशोर किशोरी समूहले नाटक प्रर्दशन गरेको किशोर किशोरी समूहका अध्यक्ष शोबिता बस्नेत बताउछिन् । त्यसैगरी महिला हिँसा विरुद्धको कविता प्रतियोगितामा पनि महिला हिँसाको अवस्था, पीडितको पिडा र अवाज उठाउनको लागि उत्प्रेरणाहरु छताछुल्ल भएका थिए । विधालयका प्रध्यानध्यापक ईश्वरप्रसाद सन्जेलका अनुसार शुक्रबारिय कार्यक्रममा यस्ता खालका कार्यक्रमहरु राख्दा बालबािलकाको क्षमता विकास मात्र नभएर दर्शकहरुमाझ जनचेतना पनि पुग्दछ ।
दक्षिण ललितपुरको यो सानो वडा गिम्दीमा,अझै पनि घरेलु हिँसा , यौन र्दुव्यवाहार, महिनवारीसँग सम्बन्धित अन्धविश्वास , बालविवाहजस्ता लैङ्गिक हिंसाका घटनाहरु भइरहे तापनि यसको उजुरी भने हुने नगरेकोे,र पीडित झनै पीडित बनेको तथा न्यायमा पहुँच प्राप्त गर्न सक्षम नभएको प्रहरी हवलदार प्रेम बहादुर दर्जि बताउछन् । कार्यक्रममा विधालयका अभिभावक शिक्षक संघ, विधालय व्यवस्थपन समितिका पदाधिकारीहरु, प्रहरी प्रशानका पदाधिकारीहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थिया भने सभाको सभाअध्यक्षता रुपमा, संस्थाका तर्फबाट परियोजना संयोजक, मिला श्रेष्ठ तथा प्रमुख अतिथिका रुपमा विधालयका प्रधानाध्यापक ईश्वर्प्रसाद सन्जेलको सहभागिता रहेको थियो । उत्तः कार्यक्रममा विधालयका लगभग २ सय जान विधार्थीहरुले प्रस्तुत गरेको नाटक अवलोकन गरेका थिए ।








प्रतिक्रिया