
२३ असार ०७९, भक्तपुर । चाँगुनारायण नगरपालिका २ दुवाकोट फुलबारी टोलस्थित कुसुम श्रेष्ठको घरबाट नगद तथा सुनका विभिन्न गहना गरी करिब १५ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ ।
अपरिचित व्यक्तिहरूले घरको मूलगेट र कोठाको ताला फुटाई उक्त धनमाल चोरी गरी लगेको प्रहरीले जानकारी दिएको छ ।
चोरीको सूचनापछि प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया