
२३ असार ०७९, काठमाडौं । काठमाडौंका सानोभ¥याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सानोभ¥याङमा स्कुटर दुर्घटना भएको हो भने शंखरापुरमा मोटरसाइकल दुर्घटनामा परेको हो ।
काठमाडौंको शंखरापुर नगरपालिका ९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो , दुर्घटनापछि मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी करिव २ बजेतिर बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको प्रहरीले जनाएका छ । स्कुटर चालक भने प्रहरीको नियन्त्रणमा छन् ।
२३ असार २०७९, बिहिबार
0
Shares








प्रतिक्रिया