१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भीमफेदीमा बसाइँ सरेर जानेको सङ्ख्या तेब्बरभन्दा धेरै




२३ असार ०७९, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको सङ्ख्या तीनगुणा बढी छ ।
आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ ।
यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १ सय ४४ भित्रिदा ९२ परिवारका ३ सय ५० नागरिक बाहिरिएका छन् । गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिएका छन् । पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन् । पालिकाभित्रै पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उनले बताएका छन् ।
भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३ सय ७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३ सय ११ बालकको र ३ सय ४४ बालिकाको जन्मदर्ता भएको छ ।

त्यस्तै १ सय २२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३ सय ६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।