१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चावहिलबाट कस्तुरीको बीना सहित एक पुरुष पक्राउ




२४ असार ०७९, काठमाडौं । काठमाडौंको चावहिलबाट कस्तुरीको बीना सहित एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसाार काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित पाँचथर तुमविया गाउँपालिका ५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानामा बा.८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेका बताएकोे छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।