१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा भेटियो जाली नोट, एक जना पक्राउ




२७ असार ०७९ भक्तपुर । सूर्यविनायक नगरपालिका ८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका ८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।